उडानको जीन्दगी
प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार
नुनुता राई
ललितपुर । ‘यो क्षेत्रमा लाग्न त्याग र आँट दुवै हुनुपर्छ ।’ झापा धुलाबारीमा जन्मिएर हाल सौर्य एयरलाइन्समा विमान परिचारीकाको रुपमा काम गरिरहेकी किरण क्षेत्रीको भनाई हो यो । उनी दुई वर्षदेखि यस क्षेत्रमा कार्यरत छिन् । यो पेशा रोज्न त्याग किन गर्न सक्नुपर्छ ? भनाईलाई स्पष्ट पार्दै भन्छिन यो पेशा केहि समयको लागि मात्र हो । नेपाल वायुसेवा र बुद्घ एयर बाहेक अरु राष्ट्रिय उडान भर्ने विमानहरुमा विवाह पश्चात परिचारीका भएर काम गर्न पाँइदैन । जसले गर्दा यो पेशामा आउन अगाडी धेरै सोच्नुपर्ने र त्यस पश्चातको योजना समेत बनाएर आउनुपर्ने हुनाले यो क्षेत्रमा त्याग र आँट दुवै गर्न सक्नुपर्ने उनको भनाई छ ।
यो क्षेत्र रमाईलो र खतरनाक दुवै हो । यो पेशा सुरक्षित नभए पनि विमान परिचारीकामा दिनप्रतिदिन किशोरीको आकर्षण बढिरहेको छ । उनले विमान परिचारीकाको क्षेत्र रोज्नुको कारण ग्याल्यामरस फिल्ड भएकोले हो पनि हो भन्छिन् । यो पेशामा लाग्नको लागि आकर्षक जीउडाल, सुन्दर अनुहार हुन जरुरी मानिन्छ । भन्छिन ‘मोडलिङ क्षेत्रमा र विमान परिचारिकामा चाहिने योग्यता र क्षमता उस्तै भएकोले पनि किशोरीहरु यसप्रति आकर्षित हुन्छन् ।’
नयाँ ठाउँ घुम्न र धेरै मान्छेहरुसँग अन्र्तकृया गर्न पाउनु पनि यो पेशाको रमाईलो पक्ष मध्ये हो । भन्छिन् ‘एयरहोस्टेज हुँदा नयाँ ठाउँ घुम्न पाउनुका साथै धेरै मान्छेसँग कुराकानी हुन्छ । यो रमाईलो पक्ष हो ।’ हरेक क्षेत्रमा रमाईलो पक्ष र नरमाईलो पक्ष हुने उनको बुझाई छ । परिवारको आग्रह अहिले पनि अरु क्षेत्रमा लाग्ने भए पनि आफ्नो रुचि यहि क्षेत्रमा भएको कारण अन्य पेशाबारे नसोचेको उनको भनाई छ । आफुलाई मन लागेको क्षेत्रमा मात्र समर्पित भएर काम गर्न सकिने उनको अनुभव छ । उनी भन्छिन् ‘यो क्षेत्रमा मेरो रुचि भए कै कारण मैले मेरो दक्षता देखाउन सकेको छु । ’
विमान परिचारीकाले मुस्कुराएर नम्र बोलीमा यात्रुको स्वागत गर्नुपर्ने हुँदा कसैको दवावमा परेर यो क्षेत्रमा काम गर्न नसकिने उनको भनाई छ । भन्छिन् ‘दवावमा आएर कसरी खुशी हुने ? मिठो बोल्नै सकिन्न नि ।’ उनको भनाई अनुसार विमान परिचारीकामा काम गर्न आउने नै आफ्नै खुशीले हो । परिवारको दवाव वा साथीभाईको करकापमा आएर परिचारीकाको रुपमा काम गर्न नसकिने बताउँछिन् । विमान परिचारीकालाई नेपालमा सम्मानित पेशा मानिनु पनि यसको अर्को आकर्षणको पक्ष भएको उनको भनाई छ । सुरक्षित पेशा नभए पनि यो क्षेत्रलाई पेशाको रुपमा अँगालेर आउनेको संख्यामा कमी नआउनु भनेको सम्मानित पेशा भएको दावी गर्छिन् उनी ।
परिचारीका हुनु यात्रुको बुझाई जस्तो सजिलो नभएको उनको भनाई छ । उनको अनुसार कतिपय यात्रुलाई विनम्रता पुर्वक गरेको आग्रहलाई वास्ता नगर्ने बताउँछिन् । उनी भन्छिन् ‘कोई त हामीलाई जबरजस्ती चिढाउन खोज्छन् ।, बारम्बार हामीले गरेको आग्रहलाई पत्याउँदैनन् ।’ यस्तो बेलामा उनलाई दिक्क लाग्ने बताउँछिन् । परिचारीकाको काम यात्रुलाई सुरक्षित यात्रा गर्नको लागि सहजीकरण गर्नु हो । यात्रुलाई त्रासबाट मुक्त गर्नु हो । यात्रुलाई डरबाट मुक्त हुनका लागि विमान परिचारीकाको ओँठमा मुस्कान र मिठो बोली हुनुपर्ने तर तीनै यात्रुले रुखो व्यवहार देखाउँदा भने मन खिन्न हुने उनको अनुभव छ ।
हरेक कुराको राम्रो पक्ष नराम्रो पक्ष भए जस्तै यो क्षेत्रमा काम गर्ने परिचारीकाको सवालमा नेपालमा सन्चालित विमानहरुमा यो सुरक्षित रोजगारी नहुनु यसको नकारात्मक पक्ष भएको उनको ठम्याई छ । निजी स्तरमा संचालित विमानहरुमा निश्चित समयवधिपछि रोजगारी पाईदैन । खास गरी परिचारीकालाई यो क्षेत्रले विभेद गरेको उनको भनाई छ । विमानमा कार्यरत परिचारीका विवाह पश्चात काम गर्न नपाउने व्यवस्था रहेको बताईन् । यस्तो हुनुको पछाडी महिला सम्झौता गर्ने भएकोले हो ।
यदि महिलाले सम्झौता नगर्ने हो भने सुधार भइसक्ने उनको दावी छ । उनी भन्छिन् ‘त्यत्रो लगानी यो क्षेत्रमा लगाईएको हुन्छ अनि फेरि सुन्यबाट शुरु गर्दा त समस्या हुन्छ नि ।, अब हामीलाई हाम्रो योेग्यता र क्षमता हेरेर सम्बन्धित एयरलाइन्सले व्यवस्था गर्नुपर्छ ।’ यो नियम परिचारकका हकमा लागु हुँदैन । भन्छिन् ‘परिचारीकालाई मात्र किन ? यसको एउटै मात्र कारण हामी सम्झौता गर्न तयार हुनु हो । ’