बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

मंसिर ०२, बुटवल । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना ५ ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com