कांग्रेस नेता र सांसदबीच कुटाकुट


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

मंसिर ४, वीरगञ्ज । नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।

बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए ।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारे । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com