मन्त्रिपरिषद पुनर्गठन तयारीले संसदीय समिति बैठक स्थगित
प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार
मंसिर ४, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठक समेत प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो ।
बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा आएनन् । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरियो ।
बैठकमा सहभागी हुन कृष्णगोपाल श्रेष्ठ, झपट रावल, मीना पाण्डेलगायत सिंहदरबार गएका थिए ।