नेपाल भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा बस्दै


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

मंसिर ४, काठमाडौं । नेपाल भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा सुरुहुँदै छ । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु बैठकमा सहभागी हुँदैछन् । आजबाट शुक्रबारसम्म तीन दिन चल्ने बैठकमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषयमा छलफल हुनेछ। भारतले अतिक्रमण गरेको कालीपानीलगायतका क्षेत्रको विषयमा भने बैठकमा छलफल नहुने भएको छ ।

हरेक वर्ष आयोजना हुनुपर्ने बैठक तीन वर्षपछि बस्न लागेको हो । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ । नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि त्यसको नेपालमा चर्को विरोध हुँदै आएको छ । यस विषयमा सीमा सुरक्षा बैठकमा छलफल हुने अपेक्षा राखिए पनि भारतीय पक्षले नमानेपछि छलफल नहुने भएको हो । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले नक्साको विषय राजनीतिक भएको टिप्पणी गरेका छन् । सीमा सुरक्षाको विषयमा मात्रै छलफल हुने भएकाले यो बैठकमा कालापानी क्षेत्र भारतले हडपेको विषयमा छलफल गर्ने कुनै तयारी नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com