सिरहाबाट हराएको ट्यांकर धनुषामा फेला


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

मंसिर ०४, धनुषा । सिरहाको लहानबाट २ दिन अघि हराएको डिजेल भरिएको ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ ।

बुधबार बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय महोन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जानकारी दिए ।

उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिउ ।

गएको आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर त्यहि राति ११ बजे सिरहाबाट हराएको थियो ।

डिजेल लोड भएको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति पनि गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com