१३ औँ सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ । उद्घाटन समारोह तीन घण्टा २४ मिनेट चल्नेछ । एकदिनअघि ग्रान्ड रिहर्सल गरिने र उद्घाटनमा कला–संस्कृति झल्किने गरी १५ हजार जनाको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com