प्रचण्डको आग्रह : प्रदेश ३ को नाम र राजधानी केही दिनमै तय गर्नुस्


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, हेटौंडा । प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै उनले अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने बताए ।

‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com