ट्याक्टरले किचेर चितवनमा एक जनाको ज्यान गयो


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, काठमाडौं । चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो ।

रानामगरको घटनास्थलमा नै मृत्यु भएको र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com