वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजुको निधन


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको पुष्टि गरे । निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com