बाँकेमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, बुटवल । बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका २ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खाँको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई ठक्कर दिने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com