गुल्मीमा भरुवा बन्दुकसहित एकजना पक्राउ


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

मंसिर ११, गुल्मी । गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अबैध रुपमा राखिएको हतियार सहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । प्रहरीले रानालाई अबैध हातहतियार तथा खरखजना मुदा चलाउने तयारी गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com