नेकपाले आयोजना गरेको चुनावी सभानजिकै बम विस्फोट


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

मंसिर ११, पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । पोखरा महानगरपालिका ९ मा रहेको प्रदर्शनकेन्द्रमा आयोजित चुनाबी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

बम विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन तर पार्किङ गरेको राखेको ग १ ख ८८९१ नम्बरको बसको सिमा फुटेको छ । नेकपाका संसदीय दलका उप–नेता सुवाचन्द्र नेम्वाङले सम्बोधन गरी रहेको बेलामा बम विस्फोट भएको हो । सभालाई सम्बोधन गर्नका लागि नेकपा अध्यक्ष प्रचण्ड , नेता वामदेव गौतम र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com