निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश
प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार
बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।
आदेशमा दुव पक्षलाई छलफलका लागि डाकिएको छ।