१३औं साग : महिला क्रिकेटमा नेपालले काश्य जित्यो


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

१३ औं दक्षिण एसियाली खेदकुद (साग) को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको छ । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको हो ।

पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २-२ विकेट लिएकी छन् । र, ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com