जनताको घरदैलोमा अधिकार पुगेको छ आज जनताको विजयी दिन होः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

काठमाडौं १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहको चुनावका लागि सीमांकन हेरफेर आवश्यक नभएको र वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न सबैमा आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिका कार्यान्वयनको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्यान्वयन राजनीतिक परिवर्तनको ऐतिहासिकखुड्कीलो भएको बताएका छन् ।
स्थानीय तहको कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैँले अनुभुत गर्ने गरी संस्थागत भएको बताए ।

अव जनताको घरमा अधिकार पुगेको बताउँदै दाहालले भने जनताको घरमा अधिकार पुग्दा नै जनता विजयी हुने गर्छन र आजको दिनलाई मैले जनताको विजयको दिनको रुपमा लिएको बताए । राजनीतिक परिवर्तन भए पनि जनताको दैनिक जीवनमा परिवर्तन नआइरहेको र जनतामा निराशा आइरहेका बेला जनताले पहिलोपटक अनुभूति गर्ने गरी परिवर्तन संस्थागत भएका दाहालले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com