भैरहवा-लुम्बिनी सडक छिट्टै सुधार हुन्छः मन्त्री नेम्वाङ्ग


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

भैरहवा-लुम्बिनी सडक खण्डमा धुलो नउड्ने गरी सडकको सुधार हुने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन् । नयाँ बर्ष २०७७ शुरु हुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने हुने दाबी गरेका नेम्वाङ्गले काममा ढिलाई गर्ने जो कसैलाई कारवाही गर्ने बताए । भैरहवाको बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएको बताउँदै वैशाख महिना शुरु हुनुभन्दा अगाडि बाटोको काम सम्पन्न हुने उनको भनाई रहेको छ । काममा आलटाल गरे कारबाही गरिन समेत उनले चेतावनी दिए ।

प्रेस संघठन रुपनदेहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङ्गले काम हुन नसकेका आयोजनाका बिषयमा पुनर्विचार गरिने पनि बताए । शुक्रबार गैडहवा गजेडि जोड्ने कन्चन नदिको पुल उद्घाटन गरेका मन्त्री नेम्वाङले रुपन्देहीमा निर्माणाधिन त्यस्ता पुल ३५ वटा पुल यसै बर्ष निर्माण सम्पन्न हुने दाबी गरे । सिद्धबाबा क्षेत्रमा सुरुङ्ग बनाउन डिपिआर निर्माण सम्पन्न गरिसकेको र अबको एक महिनाभित्र टेन्डर खुलाउने तयारि भईरहेको उनले जानकारी दिए ।

उनले बेलहिया बुटवल चार लेन सडक चार महिना भित्र सक्न अन्तिम निर्देशन दिएको पनि बताए । पत्रकार भेटघाटमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक बिस्तारको काम यसै बर्ष हुने दाबी गरे । उनले भैरहवा लुम्बिनी सडक खण्डमा निर्माणाधिन पुलमध्ये २ वटा पुल बन्न नसकेकोले ती पुलको ठेक्का तोड्ने तयारी भएको जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com