भैरहवामा भाटभटेनी, सुनौलीभन्दा सस्तो हुने दाबी


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

नेपालकै ठूलो चेन सुपरमार्केट भाट–भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको छ । स्टोरको आज बिहीबार विशेष समारोहका बीच भव्यरुपमा शुभारम्भ भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ सडक, भैरहवामा निर्मित अत्याधुनिक भवनबाट भाटभटेनीको सेवा प्रारम्भ भएको छ । स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादु्र गुरुङ्गले उद्घाटन गरेका हुन् ।

नेपाल भारतको सिमामा पर्ने भैरहवामा स्टोर सञ्चालनमा ल्याउन सफल भएको बताउँदै स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए। उनले भने ‘हामीले जुन लक्ष्य लिई यहाँ स्टोर सञ्चालनमा ल्यायौं,त्यसलाई यस क्षेत्रको राम्रो सहयोग भएको छ। शुभारम्भ अघिदेखिनै यस क्षेत्रबाट सकारात्मक प्रतिक्रियाका साथै उत्साह आएको छ ।’ स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। चिनी खरिद गर्नकै लागि नेपालीहरु सुनौली जानेको गरेको मध्यनजर गर्दै स्टोरले रु.५९ प्रति.के.जी.नेपाली चिनी उपलब्ध गराउने जानकारी गराएको छ । नेपालमै यूरोपियन स्तरको शपिङ्ग सेन्टरको अभ्यास गर्दै आएको स्टारले भैरहवा स्टोरमा भारतीय बजारमा भन्दा शुलभ दरमा सामग्री उपलब्ध गराउने बताएको छ ।

काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सामान्य पसलबाट सुरुवात भएकोे यो स्टोर आज नैपालकै एक स्थापित अग्रणी ब्राण्ड भएको छ । यस सुपरमार्केटले देशभर आफ्नो शाखा विस्तार गर्नेक्रममा रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ सडक, भैरहवामा आफ्नो १७ औं स्टोरको सुरुवात गरेको हो । यस आघि रुपन्देहीकै बुटवलमा आफ्नो १३ औं स्टोर स्थापना गरि सञ्चालनमा ल्याइसकेको भाट–भटेनीको रुपन्देहीमा यो दोस्रो शाखा हो । आफ्नो सेवालाई देशभर विस्तार गर्ने अभियानमा लागेको भाट–भटेनी सुपरमार्केटलाई नेपाल र भारतको सिमा नाका नजिकै रहेको शहर भैरहवामा भने चूनौती र अवसर दुबै छन् । यसै कुरालाई मध्यनजर गरी स्टोरलाई थप व्यस्थित, आकर्षक र अन्यमा भन्दा धेरै सेवा प्रदान गर्ने नीति अपनाएको अध्यक्ष गुरुङले बताएका छन्।

६ तले वृहत स्टोरमा डिपार्टमेण्टल स्टोरहरुसँगै यस क्षेत्रमा पहिलो पटक बिश्व प्रसिद्ध केन्टुकी फ्राइड चिकेन (केएफसी) तथा प्रसिद्ध पेपे पिजा जस्ता ब्राण्ड समेत भाटभटेनीले छ भने चाडैनै फुडकोर्ट तथा मल्टी प्लेक्स सिनेमाहल लगाएतका सेवाहरु समेत सञ्चालनमा आउने स्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । नेपालमै ५० हजारलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेका अध्यक्ष गुरुङले ब्यवसायसँगै आफनो आम्दानीको केही अंश सामाजिक कार्यमा समेत लगाउँदै आएका छन् । उनले स्टोर विस्तारलाई तिव्रता दिँदै लक्ष्य पूरागर्ने समेत बताए । स्टोरमा हालसम्म करिब ८ हजार रोजगाररत छन् भने भैरहवाको स्टोरमा ४ सयदेखि ५ सयसम्म कार्यरत रहने उनले बताएका छन् । – ग्लोबल आवाजको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com