‍धनुषा बिष्फोट : बम राखेको आशंकामा तीनजना पक्राउ


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुई महिला सहित ३ जना रहेका छन् । उनीहरु प्रतिबन्धित विप्लव समूहका स्थानीय नेता समेत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com