सिरहामा पनि बम बिस्फोट


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए ।

मंसिर १३ गते पनि सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै अज्ञात समूहले कुकर बम राखेको थियो । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

धनुषमा बम विष्फोटमा परि एक प्रहरीका साथ ३ जनाको निधन भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com