आफ्नै घरमै मृत भेटिए अभिनेता दीपक क्षेत्री


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका पुराना अभिनेता दीपक क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत भेटिएका छन ।

उनी कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।

क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ।

लामो समय पर्दाबाहिर रहेका ५८ वर्षीय क्षेत्री पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । कलाकार क्षेत्रीले सयभन्दा नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा खलनायक र चरित्र अभिनेताको रुपमा अभिनय गर्दथे ।

‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com