बालबालिकालाई अपहरण गरी फिरौती माग्ने पक्राउ


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

तीन बालबालिकालाई अपहरण गरी फिरौती मागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका बालबालिकालाई पनि प्रहरीले सकुशल उद्वार गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक रहेका छन् ।

काठमाडौँको सामाखुसीमा रहेको आफन्तको कोठामा एक महिलाले आफ्ना ३ बालबालिकालाई छाडी काम विशेषले पोखरा गएकी थिइन् । त्यसै क्रममा ती तीन बालबालिका अपहरणमा परेका थिए ।

प्रहरीका अनुसार कैलाली घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमिहरूलाई होटलमा लगी राख्नू भनेको छ’ भन्दै ती बालबालिकालाई हाटल लगेका थिए ।

सिजापतिले बालबालिकालाई काठमाडौंको टोखास्थित एक होटलमा बन्धक बनाई बालककी आमालाई वच्चाहरूकै नम्बरबाट फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । सिजापति भने फरार छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com