प्रहरीका सई घुससहित पक्राउ


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com