पर्यटन मन्त्री भट्टराईले गरे भीमसेन थापाको शालिक अनावरण


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गोरखामा भीमसेन थापाको शालिक अनावरण गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ४ मा पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्कभित्र रहेको पूर्वमुख्तियार (प्रधानमन्त्रीसरह) समेत रहेका राष्ट्रिय विभूति थापाको पूर्णकदको शालिक शनिबार अनावरण गरिएको हो ।

सन् १८०६ मा रणबहादुर शाहको हत्या उनका सौतेनी भाइ शेरबहादुर शाहले गरेपछि भीमसेन थापाले ९३ जनाको हत्या गरी आफैं मुख्तियार बनेको इतिहास छ ।

थापाको ६४ वर्षको उमेरमा सन् १८३९ मा मृत्यु भएको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com