५ टन फोहर सङ्कलन


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ताअन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्यविनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ ।

सफाइ अभियानअन्तर्गत यस क्षेत्रमा गरिएको हनुमन्ते नदी सफाइमा आज पाँच टन फोहर सङ्कलन भएको छ । मध्यपुरथिमि र सूर्यविनायकको सिमाना भए्र बग्ने हनुमन्ते नदीको यो क्षेत्रमा यसअघि सफाइ गरिए पनि स्थानीयवासीले फेरि फोहर फ्याल्दा उक्त फोहर सङ्कलन भएको हो ।

अभियानमा वीरदल गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधिलगायतको सहभागिता थियो । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com