ठाटिकाँध गाउँपालिकाका अध्यक्ष शाही अपहरण, श्रीमती जंगलमा भेटिइन्


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी धर्मपत्नी इला मल्ल शाही अपहरणमा परेका छन् । विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति उनीहरुलाई घरबाटै अपहरण गरेको प्रहरीले आशंका गरेको छ ।

ठाटिकाँध गाउँपालिका वडा २ श्रीपाटामा रहेको घरबाट राती १२ बजे अध्यक्ष धिर बहादुर शाही र उनकी धर्मपत्नी इला मल्ल शाही अपहरण परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । अपहरणमा परेकी शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । राजनीतिक मुद्धा भएकाले शाहीलाई अपहरण गरिएको र २, ३ दिनभित्र छाड्ने आश्वासन दिएको उनकी श्रीमती इलाले बताइन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाहीको अपहरणको सूचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजी कार्यलाई तीव्र वनाउन आवश्यक तयारी भइसकेको जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com