बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

बाराका विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा फरार रहेका अध्यक्ष राउतलाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com