‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जना पक्राउ


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोकाे टाेलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालय सचिव वकिल घर्तीमगर  ,सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुको साथबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com