राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता
प्रकाशित मिति : पुस ६, २०७६ आईतबार
६ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा निर्वाचनका लागि पुन दल दर्ता गर्न मंसिर २७ गते सूचना जारी गरेको थियो । राष्ट्रियसभाकाा एक तिहाइ सदस्यका लागि हरेक दुई वर्षमा निर्वाचन हुने संवैधानिक व्यवस्थाअनुसार १८ जना सदस्य चयन गर्न माघ ९ गते निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा सदस्य चयन गर्न स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।