अध्यक्ष शाही अपहरणमुक्त


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

प्रतिबन्धित विप्लव समूहद्वारा अपहरण गरिएको भनिएको ठाटीँगाउँका गाउँपलिका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गरेको छ । उनलाई प्रहरीले कालीकोट शुभकालिकाको छाती गाउँबाट अपरहणमुक्त गरेको हो । उनकी श्रीमती इला मल्ल शाही आज दिउँसो नै सम्पर्कमा आइसकेकी छिन् । शाहीलाई जंगलमा छाडिएको अवस्थामा फेला परेको बताइएको छ ।

‘हामीले अपहरण मुक्त गरेका छौं । विप्लवका केही समूहले अपहरण गरेका रहेछन्,’ कर्णालीले प्रदेश प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले भने । डिआइजी जोशीले अपहरणकारी फरार भएकाले खोजी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको नेकपाले दाबी गरेको छ।

ठाटीकाँध २ श्रीपाटामा रहेको निवासबाट गएरातिदेखि शाही दम्पती सम्पर्कविहीन भएका हुन् । इला नेपाल राष्ट्रिय शिक्षक संगठनमा केन्द्रीय उपाध्यक्ष छिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com