काठमाडौंमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको छ । भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत छात्रा गोरखाकी सृष्टि पन्तको ज्यान गएको गौशालाका डीएसपी प्रदीप सिंहले जानकारी दिए।

बिहान क्याम्पस जान बाटो काट्ने क्रममा पन्तलाई बसले ठक्कर दिएको थियो । घाइते पन्तको उपचारको क्रममा चाबहिलको ओम अस्पतालमा ज्यान गएको हो ।

घटनाको विरोधमा पशुपति क्याम्पसका विद्यार्थीले त्यही रुटमा चल्ने बा ४ ख ७१०१ नम्बरको अर्को बसमा आगजनी गरेका छन् । तोडफोड गर्ने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीको विरोधका कारण चाबहिल, गौशाला क्षेत्रमा केहीबेर आवागमन प्रभावित भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com