‘पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू’


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

म्यागसेसे पुरस्कारबाट सम्मानित समाजसेवी महावीर पुनले आफूलाई कुनै पनि पुरस्कार नदिन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान नगर्न आग्रह गरेका हुन् । हालै एक पुरस्कार ग्रहण गर्ने कार्यक्रममा उपस्थित भएका उनले मञ्चबाट यस्तो भनेका हुन् । पुनले भने, ‘कुनै पनि चाहे त्यो नेश्नल होस्, चाहे इन्टरनेश्नल, अवार्डको लागि नोमिनेशन र रिकमेन्डेशन पनि नगरिदिनु होला ! मैले यस्ता धेरै अवार्ड पाइसकेँ, अवार्डको भारी नै भइसक्यो । अवार्डको भारी भयो भने अगाडि बढ्न सकिँदैन । अगाडि बढ्न हलुँगो होस् भनेर अवार्ड नलिने भनेको हुँ ।’

आईसिटी अवार्ड ग्रहण गर्ने क्रममा उनले सबैलाई विनम्रतापूर्वक यस्तो आग्रह गरेको भन्दै अब पुरस्कार नलिने बताएका हुन् । पुन पछिल्लो केही वर्षयता राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको महाअभियानमा सक्रिय छन् । आविष्कार केन्द्रका लागि उनले केही पुरस्कार लिलाममा समेत राखेको घोषणा गरेका थिए । म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट सेवा विस्तार गरेकाले उनले म्यागासेसे पुरस्कार पाएका हुन् । -अन्नपूर्ण पोस्ट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com