सेतीनदी जलविद्युतको ठेक्का सम्झौता


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

सेतीनदी जलविद्युत आयोजनाको २५ मेगावाट क्षमताको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण व्यवसायी रसुवा–लुना जेभीका कार्यकारी निर्देशक माधव आचार्यबीच आइतबार ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रवद्र्धक भिजन लुम्बिनीले २७ महिनाको समय सीमा दिएको भए पनि दुई महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का एक अर्ब २० करोडमा लिएकोमा दुई वर्ष्भित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने छ ।

करीब पाँच अर्ब लागतको सो आयोजनामा धेरैको सहभागिता गराउने लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com