लागूऔषधसहित पाल्पाबाट एकजना पक्राउ


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

प्रहरीले लागूऔषधसहित पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका- १० का १९ वर्षीय विवश मल्ल रहेका छन् ।

बुटवलबाट पोखरातर्फ गइरहेका उनलाई तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com