काठमाडौंबाट ७० बढी विदेशी नागरिक पक्राउ, अधिकांश चिनियाँ नागरिक


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

प्रहरीले गैरकानुनी काममा संलग्न भएको आरोपमा काठमाडौंको विभिन्न क्षेत्रबाट ७० जना भन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा धेरैजसो चिनियाँ नागरिक छन् ।

चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । पक्राउ परेका विदेशी नागरिकहरु भिजिट भिषामा नेपाल आएर यहाँ कार्यालय नै खोलेर बसेको पाईएको र थप अनुससन्धान भैरहेको प्रहरीले जनाएकोछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com