आज देशभरको मौसम सामान्य


प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार

पश्चिमी वायुको प्रभाव हटेपछि मुलुकभरको मौसम सामान्यतर्फ फर्किएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै खास मौसमी प्रणाली नभएकोले देशभरको मौसम आज सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपि, पश्चिमी पहाडी भू–भागमा अहिले आंशिक बदली रहेको विभागले जनाएको छ । यस्तै तराईका भागहरूमा हुस्सु र कुहिरो लागेको छ । तराई क्षेत्रमा लागेको हुस्सु र कुहिरोका कारण चिसो बढ्न सक्ने भएकोले त्यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस अघि पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढ्नुका साथै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको थियो । त्यसबाट तराई क्षेत्रका केही भागमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com