‘अब सडकमा जान्छौँ’- बाबुराम भट्टराई


प्रकाशित मिति : पुस ९, २०७६ बुधबार

समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन् । पहिचानमा आधारित संघियता, शासकिय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा भएको उनले बताए ।

‘‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ’’, उनले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको बताएका छन् । ‘‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ । संविधान संशोधन कसैको सपना हो ? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ’’, उनले भने ।

सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाएका छन् । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उलंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए । सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेकोे उनको आरोप छ ।

यस्तै, पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको दुई तिहाइको दम्ब सकिएको बताएका छन् । ‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्ब सकिएको छ । शासकिय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उनले भने ।

राष्ट्रिय जनतापार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उनले बताए । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पुरा भएको अब राजपा कसरी अगाडी बढ्छ ? भन्नेमा एकताको खाका कोरिने उनले बताए । -जनतापाटीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com