यस्तो छ आज सुनचाँदीको मूल्य


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७२ हजार ८ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com