बलात्कार आरोप लागेका सिद्धबाबा धरौटीमा रिहा


प्रकाशित मिति : पुस १४, २०७६ सोमबार

सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

आइतबार पीडित महिलाको तर्फबाट ६ जना सरकारी वकिलसहित ८ जनाले बहस गरेका थिए । गिरीको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए भने दुई जना वकिलको बहस बाँकी रहेकाले सोमबारका लागि बहस सारिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com