सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटन


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

नेपाल भ्रमण वर्ष- २०२० को उद्घाटन समारोहलाई सरकारले भव्य रुपमा मनाउने भएको छ । बुधबार अर्थात जनवरी १ का दिन काठमाडौंको दशरथ रंशालामा हुने औपचारिक समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष सचिवालका राष्ट्रिय संयोजक सुरज वैद्यले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले राष्ट्रिय अभियानमा सबैको साथ सहयोग सहित २० लाख पर्यटक भित्र्याउने अभियानमा होमिन सबैलाई आग्रह समेत गरेका छन् । संघीय सरकारले काठमाडौंको दशरथ रंगशालामा र प्रदेश सरकारले विभिन्न सहरमा भव्यताका साथ नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गर्न लागेको उनले बताए ।

कार्यक्रम अनुसार प्रदेश नं १ मा विराटनगरको रंगशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकुरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हँुदैछ । यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ।-कारोबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com