सुनचाँदीको मूल्य बढयो


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

सुनचाँदीको मूल्य आज बढेको छ । सोमबार ७३ हजार ३ सयमा कारोबार भएको सुन आज तोलामा २ सय बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेर आज प्रतितोला ९ सयमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८ सय ९० रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com