मलद्वारमा लुकाएर सुन तस्करी


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए । उनको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com