धितोपत्र बोर्डको अध्यक्षका तीनजना छनोट


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीनजना छनोट भएका छन् । धितोपत्र बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र डा. केशव श्रेष्ठ छनोटमा परेका हुन् । समितिले विज्ञ सदस्यबाट सिफारिस भइ आएका पाँचजना उम्मेदवारको सोमबार अन्तर्वार्ता लिएको थियो ।

जसमा आकांक्षीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने उनीहरूको मौखिक अन्तरवार्ता समेत पछि उनीहरूको नाम सरकार समक्ष सिफारिस गरिएको हो । समितिले सिफारिस गरेका मध्येबाट एक जनालाई मन्त्री परिषद् बैठकले अध्यक्षमा नियुक्त गर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com