कांग्रेसले बोलायो पुस १७ गते केन्द्रीय समिति बैठक


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

नेपाली कांग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित छन् । उनीहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com