कारले स्कुटरलाई ठक्कर दिदाँ एकजनाको मृत्यु


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

गएराति बुटवलमा कारले स्कुटरलाई ठक्कर दिन एक जनाको मृत्यु भएको छ ।। राति साढे १० बजेतिर बुटवल उपमहानगरपालिका १० बेसक्याम्प चोकमा कारले लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट स्कुटरमा रहेकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com