संन्धि सम्झौता कार्यान्वयनको पक्ष कमजोर: मन्त्री बराल


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालको वास्तविक धरातल नबुुझी विभिन्न सन्धी सम्झौतामा हस्ताक्षर गर्दा कार्यान्वयनको पाटो कमजोर भएको बताएका छन् । इन्सेक, ओरेक, डिआरसिएफसी र एनआईडब्लुएफको संयूक्त आयोजनामा प्रदेश ५ को बुटवलमा विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदा प्रस्तुत तथा छलफल कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

मन्त्री बरालले मानव अधिकारको सवालमा अनुमोदन गरिएको सन्धि सम्झौता महत्पूर्ण भएपनि नेपालको वास्तविक धरातल नबुुझी हस्ताक्षर गर्दा कार्यान्वयनमा समस्या भएको उल्लेख गरे ।
मन्त्री बरालले मानवअधिकारको संरक्षण र प्रवर्धनका लागि प्रदेश सरकार सक्रिय भएर अगाडी बढेको बताउँदै नागरिकको अपेक्षा अनुसार काम गर्न स्रोत र साधनको अभाब रहेको उल्लेख गरे ।
संयूक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका बीच आफ्नो देशले गरेका प्रतिविद्धताको कार्यान्वयनको अवस्था मानव अधिकारका विभिन्न सवालमा समिक्षा हुने भन्दै मानव अधिकारको विषयमा भएका सफलता र सुधार गर्ने विषयलाई व्याख्या, विश्लेषण गरेर सुझाव दिनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु आइपी खरेल, रमा अर्याल, डा. पुरनमान बज्राचार्य, प्रदेश सभा सदस्य दिपा बि.क, प्रदेश सभा सदस्य जाल्पा भूसाल, रीना नेपाल, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५का उप-निर्देशक पवन कुमार भट्ट, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारी, गैरसरकारी संस्था महासंघ प्रदेश ५ का अध्यक्ष गोविन्द प्रसाद रेग्मी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, काठमाण्डौ स्कूल अफ लका सह-प्रध्यापक कपिल अर्याललगाएतले भनाई राखेका थिए । कार्यक्रममा इन्सेक प्रदेश नं. ५ का संयोजक भोला महत्तले समीक्षामा दिइएका महत्वपूर्ण सुझावहरुलाई एकिकृत गरी कार्यान्वयनका लागि सुझाव पठाइने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com