आगामी निर्वाचनमा कांग्रेस जिरो : सुजाता


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक विवाद नमिले आगामी निर्वाचनमा कांग्रेस जिरो हुने बताएकी छिन् । प्रेस यूनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले फेरि पनि पार्टी सभापति बन्ने लोभमा शेरबहादुर देउवाले पार्टी समाप्त गर्न खोजेको बताइन् ।

उनले भनिन् -‘यदि पार्टी भित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि यो पार्टीमा भोट हाल्नलाइ हात काप्छ ।’ भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भिर भएर सोच्ने उनको भनाइ छ । पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनु पर्ने कोइरालाको धारणा छ ।

कांग्रेसको आग्रामी महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टी बलियो बनाउनेलाई जिताउनु पर्ने कोइरालाको भनाइ छ । कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् । शशांक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको समेत स्पष्ट पारिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com