नेकपाले टुङ्गायो राष्ट्रियसभाका उम्मेदवार, प्रवक्ता श्रेष्ठ पनि चुनाव लड्ने


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो । नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनालाई उम्मेदवार तोकेको हो । नेकपाले प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र स्थायी समिति सदस्य बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ।

गण्डकी प्रदेशबाट सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै महिलातर्फबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै प्रदश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ भने प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन् ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com