नेपाल सधैँ शान्तिको पक्षमा: भट्टराई


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरिमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैँ विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको बताए ।

उनले च्यान्टिङ सेरिमोनीले अन्तर्राष्ट्रिय ऐक्यबद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्‍याउने बताए । उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष सुरु भएको अवस्थामा यस्तो कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभइ नेपालको पर्यटन वर्षको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताए ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com