चट्याङ लागेर एकै परिवारका ५ जना घाइते


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

बाँकेमा शुक्रबार चट्याङ लागेर एकै परिवारका पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा उनीसहित पाँच घाइते भएका हुन् ।

घाइते हुनेमा ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक रहेका छन् । उनीहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com